सुनिल थापा सह महामन्त्रीमा मनोनित – Kanika Khabar
Thursday, August 13Nepali News Portal

सुनिल थापा सह महामन्त्रीमा मनोनित

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, दाङ ।
केही महिना अघि राष्ट्रिय प्रजातन्त्र पार्टी त्याग गरी काङ्ग्रेसमा प्रवेश गरेका सुनिल थापा नेपाली काँग्रेसको सहमहामन्त्री बनेको छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा थापा समूहको व्यवस्थापन गरे प्रस्ताव पेस गरेका थिए । सोही अनुसार थापासँगै काँग्रेस प्रवेश गरेका अन्य ६ जना नेतालाई काँग्रेसको केन्द्रीय सदस्य र ३ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । साथै आज बसरेको बैठकले सांसद सूर्यबहादुर केसीको निधनका कारण रिक्त समानूपातिक कोटाको सांसदमा मोहन पाण्डेलाई पठाउने निर्णय गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्