कटहरिया नगरपालिकाको बजेट साढे ४८ करोड – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कटहरिया नगरपालिकाको बजेट साढे ४८ करोड

    मा प्रकाशित

कनिका खबर
कार्तिक २९, रौतहट ।
रौतहटको कटहरिया नगरपालिकाको चौथो नगरसभाले साढे ४९ करोड रुपैयाँको बजेट पारित गरेको छ । शुक्रवार हिजो सम्पन्न चौथो नगरसभाको उद्घाटनसत्रमा मेयर सियाराम कुश्वाहाले कुल ४८ करोड, ५१ लाख, ३८हजार, पाँचसय ८८ रुपैयाँ ८१ पैसाको कुल आम्दानी देखाउनु भएको थियो । नगरपालिकाले प्रस्ताव गरेको बजेटलाई बन्दसत्रले पारीत गर्नेछ ।
कटहरिया नगरपालिकाको चौथो नगर सभाले बिभिन्न महत्वपूर्ण योजनाहरु ल्याएको छ । कृषी, शिक्षा र स्वास्थलाई प्राथमिकतामा राखेको छ । पूर्वाधार र उद्योग पनि नगरको प्राथमिकतामा परेको छ । नगरसभाले नगरक्षेत्र भित्रका कृषी मिटर महसुल,गरीब बिपन्नलाई २० युनिट सम्मको विद्युत् महसुल मिनाहा गर्ने र्निणय गरेको छ । त्यसैगरी सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, नाला निर्माण, दिउँसो विवाह गर्ने केटीपक्षलाई २५ हजार र केटापक्षलाई २५ हजार प्रोत्साहन दिने नगरसभाले निर्णय गरेको छ । त्यसैगरी नगरक्षेत्र अन्तरगतका बाटो ,विद्यालय, स्वास्थ केन्द्र लगायतलाई विशेष प्राथमिकतामा राखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्