लक्ष्मी जयन्ती एवं पुस्तक विमाेचन कार्यक्रम  – Kanika Khabar
Sunday, April 19Nepali News Portal

लक्ष्मी जयन्ती एवं पुस्तक विमाेचन कार्यक्रम 

    मा प्रकाशित

कनिका खबर
२९ कार्तिक, दाङ ।
राप्ती साहित्य परिषद्ले आज शनिबार दाङ घोराहीमा एक साहित्यिक कार्यक्रमकाे आयाेजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे ११२ आैँ जन्मजयन्ती मनाउनुकाे साथै पुस्तक विमाेचन गरेको छ ।
राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालकाे अध्यक्षतामा सन्चालित कार्यक्रममा महाकवि देवकोटाकाे शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुका साथै महाकवि सम्बन्धी रचना‌ वाचन‌ गरिएका थिए ।
साथै उक्त अवसरमा साहित्यकार नगेन्द्र गुरुद्वारा लिखित दुईवटा साहित्यिक कृतिहरू “मनका तरङ्गहरू” नामक मुक्तकसङ्ग्रह र “तिमीले गाउँ छाडेपछि” नामक कवितासङ्ग्रहकाे समेत विमाेचन गरिएको थियो ।‌ विमाेचित‌ कृतिकाे समीक्षा प्रलेस नेपालका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्माले गरेका थिए भने लेखक नगेन्द्र गुरुले धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रममा लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्याैपाने, साहित्यकार समालाेचनक डा.कृष्णराज डीसी, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, साहित्यकार माेहनकुमार दाहाल, छविलाल काेपिला लगायतले महाकवि देवकोटाका वारेमा चर्चा गर्नुका साथै रचना वाचन गरेका थिए ।
राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष एवं दाङ शाखाका अध्यक्ष कमलमणि देवकाेटाकाे स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमकाे सहजीकरण परिषद्का सचिव शारदा शर्माले गरेकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्