लकडाउनका बारेमा छलफल – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

लकडाउनका बारेमा छलफल

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २, काठमाडौँ ।
सरकारले लकडाउनलाई अझै निरन्तरता दिने सम्भावना बढेको छ । सरकारले पछिल्लो पटक थप गरेको लकडाउन जेठ ५ गतेपछि सकिन लाग्दा लकडाउनको समय थप गर्ने तयारी गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आज शुक्रबार जनस्वास्थ्य विज्ञहरुसँग छलफल गरेको हो । छलफलमा विज्ञहरुले समितीलाई लकडाउन अझै लम्ब्याउन सुझाब दिएका छन् । समितिले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र लकडाउन कसरी व्यवस्थित बनाउने भनेर जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको थियो । यसबारे सम्भवत भोलि समितिमा थप छलफल हुनेछ र मन्त्रिपरिषदमा प्रस्ताव जानेछ ।

लकडाउन सुरु गर्नुअघिको तुलनामा सरकारको तयारी राम्रो रहेको तर यो पर्याप्त नभएको विज्ञहरुले बताए । उनीहरुले फ्रान्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षामा बढी जोड दिएका छन् । ‘डाक्टर, नर्सहरुलाई क्वारेन्टाइनमा राख्न र एउटा टोली काममा हुँदा दुई वटा ब्याकअपमा राख्न समेत समतिलाई सुझाव दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्