काठमाडौँमा पनि कडाइ, बाहिर निस्किए पक्राउ गर्ने निर्देशन – Kanika Khabar
Thursday, March 28Nepali News Portal

काठमाडौँमा पनि कडाइ, बाहिर निस्किए पक्राउ गर्ने निर्देशन

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २, काठमाडौँ ।
कोरोना सङ्क्रमण बढिरहँदा सरकारले लकडाउनमा अझ कडाइ गर्दै लगेको छ । अब कुनै पनि बहानामा भित्री सडक तथा गल्लीमा समेत निस्कन नपाउने निर्णय गरेको छ ।
काठमाडौँमा अब बाहिर निस्कियो कि प्रक्राउ गर्ने निर्देशन जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिएको छ ।
गृह मन्त्रलायबाट प्राप्त निर्देशनअनुसार, शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत मानबहादुर बुढाद्वारा जारी सूचनामाच उल्लेख छ ।
प्रशासनले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज भएको बताएको छ । अब जारी हुने पास नीलो रङको हुने भनिएको छ । प्रशासनले अत्यावश्यक अवस्थामा हिँड्ने गह्रौं सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने पनि भनेको छ ।

एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकिएका गाडीले भने बिना पास नै आवागमन गर्न पाउने जारी सूचनामा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्