नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरोत्थानमा जोड – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरोत्थानमा जोड

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २, काठमाडौँ ।
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरोत्थानमा जोड दिएको छ । नीति तथा कार्यक्रममा सरकारले यी क्षेत्रलाई प्राथमिकतामा राखेको हो । सरकारको अबको कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरोत्थान हुने आज राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएकी हुन् । कोरोनाले अर्थतन्त्रमा प्रभाव पारेकाले त्यसलाई पुनरोत्थानका लागि सरकारको प्राथमिकता रहने सरकारको नीति तथा कार्यक्रममा छ । वैदेशिक सहयोगमा कमी आउने आँकलन गर्दै सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिने भएको छ ।

कोरोनाले गर्दा विश्वका अधिकांश मुलुकको अर्थतन्त्रमा परिमार्जन आउने भएकाले सरकारले अधिकतम आन्तरिक स्रोत परिचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । पछिल्ला वर्ष उच्च आर्थिक वृद्धि भइरहेको बेला कोभिड–१९ का कारण अर्थतन्त्र प्रभावित भएको छ । अर्थतन्त्रलाई गति दिन आर्थिक पुनरोत्थानमा लगानी बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । महामारीले सामाजिक, आर्थिक क्षति पु¥याइरहेको भन्दै विकास निर्माण कार्यलाई तीब्रता दिइने भनिएको छ । क्षेत्रगत विशेष कार्यक्रम सञ्चालन गर्ने भन्दै मजदुर, साना किसान र विपन्नका लागि आयआर्जनको व्यवस्था गरिने र रोजगारी सृजना प्राथमिकतामा रहेको जनाइएको छ ।

गुणस्तरीय स्वास्थ्य शिक्षा, खानेपानी र सरसफाइमा सबैको पहुँच स्थापना गरिने भएको छ । स्थावस्थ संस्थाको स्थापना, बिस्तार र गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुर्नसंरचना गरिने भएको छ । सबै वडामा पूर्ण खोपसेवा उपलब्ध गराइने भएको छ । पाँच देखि १५ वेड क्षमताको अस्पताल निर्माण गरिने भएको छ । यो सबै स्थानीय तहमा निर्माण गरिने भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्