भोलिदेखि काठमाडौं महानगरपालिकाले स्वाब सङ्कलन गर्ने – Kanika Khabar
Monday, November 23Nepali News Portal

भोलिदेखि काठमाडौं महानगरपालिकाले स्वाब सङ्कलन गर्ने

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले भोलिदेखि स्वाब सङ्कलन शुरु गर्ने भएको छ । निःशुल्क पीसीआर परीक्षणका लागि सरकारी मापदण्डमा परेकाहरुको स्वाब संकलन गर्न लागिएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

सरकारले आफ्नै खर्चमा पीसीआर टेष्ट गर्नुपर्ने निर्णय गरेपछि महानगरले स्वाब सङ्कलन नै रोकेको थियो ।

अहिले सरकारले आफ्नो निर्णय सच्याएको छ र लक्षण भएकाहरुको सरकारी ल्याबमा निःशुल्क टेष्ट गर्ने बताएको छ ।महानगरले पनि कन्ट्याक ट्रेसिङमा परेका लक्षण भएकाहरुको स्वाब सङ्कलन सुरु गर्न लागेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्