बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित – Kanika Khabar
Sunday, March 15Nepali News Portal

बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित

    मा प्रकाशित

एजेन्सी( स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित भएको छ ।

शनिबार राति एट्लेटिकको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना १–० ले पराजित भएको हो ।

एट्लेटिकोको जितमा पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा यानिक कार्रास्कोले गरेको गोल नै निर्णायक बन्यो ।

सन् २०१० पछि एट्लेटिकोले पहिलो पटक बार्सिलोनालाई हराएको हो ।

हारपछि बार्सिलोना ८ खेलबाट ११ अंकका साथ १०औँ स्थानमा छ ।

एट्लेटिकोले शीर्षस्थानको रियल सोसिडाडसँग अंक बराबर गरेको छ । एट्लेटिकोले ८ खेलमा २० अंक भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्