मा प्रकाशित
एजेन्सी ।
चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा न्युकासल युनाईटेडलाई २–० ले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो ।
न्युकासलको मैदानमा खेलको दशौँ मिनेटमा फेड्रिको फर्नान्डेजले आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता बनाएको थियो ।त्यसपछि खेलको ६५ औं मिनेटमा टामी अब्राहमले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको चेल्सीले ९ खेलमा १८ अंक जोडेको छ ।न्युकासल ११ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।


