विश्वमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ लाख ८५ हजार बढी – Kanika Khabar
Friday, February 14Nepali News Portal

विश्वमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ लाख ८५ हजार बढी

    मा प्रकाशित

कनिका खबर
मंसिर १७, दाङ ।
विश्वमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ८५ हजार ६७२ पुगेको छ ।
बितेको २४ घण्टामा विश्वमा ५ लाख ६७ हजार ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ विश्वमा संक्रमितको संख्या ६ करोड ४१ लाख ६९ हजार ९९६ पुगेको छ ।

 

अहिले १ करोड ८२ लाख ५६ हजार २०२ जनामा सक्रिय संक्रमण छ । संक्रमित १ लाख ५ हजार ६८७ जनाको अवस्था गम्भीर छ ।

संक्रमित ४ करोड ४४ लाख २८ हजार १२२ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रिमत संख्या १ करोड ४१ लाख ३ हजार ९६८ पुगेको छ । एकै दिन १ लाख ७७ हजार ६५० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म २ लाख ७६ हजार ९२६ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा संक्रमित संख्या ९४ लाख ९९ हजार ७१० पुगेको छ । भारतमा एकैदिन ३६ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३८ हजार १५९ पुगेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्