कनिका संवाददाता
जेठ ४, दाङ ।
राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सचेतक अनिता देवकोटाले नीति तथा कार्यक्रमले अहिलेकाे संकटलाई सम्बाेधन गर्न नसकेकाे बताएकी छिन् ।
राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा बोल्दै सचेतक देवकोटाले नीति तथा कार्यक्रम जनअपेक्षा अनुसार नभएकाे बताइन् । उनले भनिन् , “ जनताले अपेक्षा गरेअनुसारको नीति तथा कार्यक्रम ल्याउन सरकारले सकेन । ´´ उनले कोरोना महामारीविरुद्ध नीति तथा कार्यक्रम आउनुपर्नेमा नअाएकाे र कार्यक्रम यस्ताे महामारीमा केन्द्रित हुन नसकेको बताइन् ।
‘रोग र भोकले अत्तालिएका श्रम गरेर बसेका नागरिकहरूले आफ्नो राहत र उद्धार गर्छ भनेर बसेका थिए । तर, सरकारले राहत र उद्धारका कार्यक्रम ल्याउन सकेन’, सचेतक देवकाेटाले भनिन् ।‘
स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै उनले घटनाको छानविन र दोषीलाई कारबाहीको साटो सरकार बचाउमा लागेको भन्दै आक्रोश पोखिन् ।