चिरान काठ बरामद – Kanika Khabar
Friday, May 16Nepali News Portal

चिरान काठ बरामद

    मा प्रकाशित

कनिका संवाददता
दाङ, जेठ ५ ।
डिभिजन वन कार्यालय दाङले अवैध ढङ्गले काटिएको सालको एक सय क्यू फिट भन्दा बढी चिरान काठ बरामद गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १८ हात्तीखर्कका स्थानीय घर र आँगनमा चिरान गरी राखेको अवस्थामा हिजो आइतबार ९१ थान सालको काठ बरामद गरेको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए ।
लकडाउनको समयमा घर नजिकैको जङ्गलमा सामुदायिक वनमा अवैध ढङ्गले काठ काटेर राखेको भन्ने सुराकीका आधारमा डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले बरामद गरेको हो । भौगोलिक दृष्टिले घोराही उपमहानगरपालिकाको बिकट क्षेत्रका रुपमा लिइने हात्तीखर्कमा बरामद गरिएको काठलाई डिभिजन वन कार्यालय दाङमा ल्याउने काम भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर के.सी. ले जानकारी दिए ।
‟काठ कटानका लागि कार्यालयबाट कुनै अनुमति लिएको छैन र काटिएका काठमा पनि कसैको टाँचा निशाना छैन ”— घटनास्थलमा रहेका सहायक वन अधिकृत चौधरीले भने– ‟लकडाउनको मौका छोपी बिक्री गर्ने उद्देश्यले काटिएको हुन सक्छ ।” गस्ती टोली आउदै गरेको सूचना पाएपछि घरधनी बुढा भागेको कार्यालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्