बैतडीको पताल भुमेश्वर आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

बैतडीको पताल भुमेश्वर आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा

    मा प्रकाशित

कनिका खबर
मंसिर २३, डडेल्धुरा
बैतडीमा रहेको नेपालकै गहिरो गुफा पताल भुमेश्वर आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । सुर्नया गाउँपालिका–२ बाशुलिङ्गमा अवस्थित धार्मिक तथा प्राकृतिक पर्यटनको पर्याप्त सम्भावना बोकेकोे गुफा, तलाउ र मन्दिर रहेको पताल भुमेश्वर आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । मुख्य राजमार्गबाट १ कलोमिटरको पैदल दुरीमा पताल भुमेश्वर पुगिन्छ । यो गुफा अहिले सम्म पत्ता लागेको नेपालकै गहिरो गूफा त हो नै, यसलाइ एसियाकै गहिरो गुफा भएको पनि दाबी गरिन्छ । पताल भुमेश्वर मन्दिर परिसरमा ठूलो ताल पनि रहेको छ । तर यहाँ पर्यटकहरु भने त्यति नआउने गगरेको स्थानीय मनोरथ पाण्डे बताउँनुहुन्छ । यहाँ रहेको गुफा संगै ताल पनि अबलोकनको महत्वपूर्ण क्षेत्र हो । यो तालको उदगम र निकास स्थल छैन । र यो ताल बार्है महिना एकै नासको रहने गर्दछ । करिब तीन सय बर्ष पहिलादेखि पताल भुमेश्वरमा देवीदेवताको महिमा सुरु भएको स्थानीय बुढापाका बताउँछन् । यो स्थानसंग जोडिएका बिभिन्न धार्मिक मान्यता भएपनि यसको थप अध्ययन भने हुन बाँकी नै रहेको छ । पताल भुमेश्वर क्षेत्रमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी चार गुफा छन् । गुफा वरपर भौतीक संरचना, पार्क तथा विवाह मण्डप लगायका मनोरम स्थलहरु निमार्ण गरिएको छ । पर्यटकीय सम्भावना बोकेको पताल भुमेश्वर क्षेत्र सम्वर्द्धनमा स्थानीय सरकार लागी परेको सुर्नया गाउँपालिका–२ का वडा सदस्य कमला चन्दको दाबी छ । फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्यायनका अनुसार आठ सय मिटरसम्मको अध्ययन गर्दा पाताल भुवनेश्वर गुफाको गहिराई १६० मिटर रहेको पत्ता लागेको थियो । आवश्यक उपकरण र प्रबिधिको अभाबमा त्यसपछिको अध्ययन गर्न सकिएको छैन । प्राकृतिक सौन्दर्यले भरिपुर्ण, चारैतिर डाँडाकाँडा, मनमोहक दृष्य देखिने यो स्थानको प्रचार प्रसार हुन सके पर्यटक बढ्ने स्थानीयको अपेक्षा छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्