कनिका खबर
मंसिर २३, डडेल्धुरा
बैतडीमा रहेको नेपालकै गहिरो गुफा पताल भुमेश्वर आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । सुर्नया गाउँपालिका–२ बाशुलिङ्गमा अवस्थित धार्मिक तथा प्राकृतिक पर्यटनको पर्याप्त सम्भावना बोकेकोे गुफा, तलाउ र मन्दिर रहेको पताल भुमेश्वर आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । मुख्य राजमार्गबाट १ कलोमिटरको पैदल दुरीमा पताल भुमेश्वर पुगिन्छ । यो गुफा अहिले सम्म पत्ता लागेको नेपालकै गहिरो गूफा त हो नै, यसलाइ एसियाकै गहिरो गुफा भएको पनि दाबी गरिन्छ । पताल भुमेश्वर मन्दिर परिसरमा ठूलो ताल पनि रहेको छ । तर यहाँ पर्यटकहरु भने त्यति नआउने गगरेको स्थानीय मनोरथ पाण्डे बताउँनुहुन्छ । यहाँ रहेको गुफा संगै ताल पनि अबलोकनको महत्वपूर्ण क्षेत्र हो । यो तालको उदगम र निकास स्थल छैन । र यो ताल बार्है महिना एकै नासको रहने गर्दछ । करिब तीन सय बर्ष पहिलादेखि पताल भुमेश्वरमा देवीदेवताको महिमा सुरु भएको स्थानीय बुढापाका बताउँछन् । यो स्थानसंग जोडिएका बिभिन्न धार्मिक मान्यता भएपनि यसको थप अध्ययन भने हुन बाँकी नै रहेको छ । पताल भुमेश्वर क्षेत्रमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी चार गुफा छन् । गुफा वरपर भौतीक संरचना, पार्क तथा विवाह मण्डप लगायका मनोरम स्थलहरु निमार्ण गरिएको छ । पर्यटकीय सम्भावना बोकेको पताल भुमेश्वर क्षेत्र सम्वर्द्धनमा स्थानीय सरकार लागी परेको सुर्नया गाउँपालिका–२ का वडा सदस्य कमला चन्दको दाबी छ । फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्यायनका अनुसार आठ सय मिटरसम्मको अध्ययन गर्दा पाताल भुवनेश्वर गुफाको गहिराई १६० मिटर रहेको पत्ता लागेको थियो । आवश्यक उपकरण र प्रबिधिको अभाबमा त्यसपछिको अध्ययन गर्न सकिएको छैन । प्राकृतिक सौन्दर्यले भरिपुर्ण, चारैतिर डाँडाकाँडा, मनमोहक दृष्य देखिने यो स्थानको प्रचार प्रसार हुन सके पर्यटक बढ्ने स्थानीयको अपेक्षा छ ।
मा प्रकाशित