काेभिड १९ काे उपचार अब प्रतिष्ठानमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

काेभिड १९ काे उपचार अब प्रतिष्ठानमा

    मा प्रकाशित

कनिका संवाददाता

जेठ ६, दाङ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मङ्गलबारदेखि अस्पतालको बहिरङ्ग तथा अन्तरङ्ग सेवा बन्द गरेकाे छ । कोरोना संक्रमितलाई प्रतिष्ठानमै उपचार गरिने भएपछि यस्ताे निर्णय गरिएकाे हाे । कोरोना भाइरसको परीक्षण गर्दै आएको प्रतिष्ठानले अब बिरामी संक्रमित पुष्टि भए प्रतिष्ठानमै राखेर उपचार गर्ने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार कोरोना संक्रमितहरुलाई प्रतिष्ठानमै राखेर उपचार गर्ने भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गत रहेका सम्पूर्ण अस्पतालहरुलाई मन्त्रालयमा पेश गरे अनुसारको आइसोलेशन बेड र जनशक्ति तयारी अवस्थामा राख्न समेत प्रतिष्ठानले आग्रह गरेको छ । प्रतिष्ठानले बिरामीहरुलाई तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललगायतका अन्य अस्पतालहरुमा जान आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्