संविधान संशोधन विधेयक संसदमा दर्ता – Kanika Khabar
Friday, April 19Nepali News Portal

संविधान संशोधन विधेयक संसदमा दर्ता

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ९, काठमाडौँ ।

नेपाल सरकारले संविधान संशोधन विधेयक आज ससंदमा दर्ता गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार संशोधन विधेयक दर्तागरिएको हो । आज कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर केही दिन अगाडि सरकारले जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्