थप ९ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५१६ – Kanika Khabar
Friday, April 26Nepali News Portal

थप ९ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५१६

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ९, दाङ ।

पछिल्लो अध्यावधिक अनुसार नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ ।

शुक्रबार राति सप्तरी, बारा, मकवानपुर र भक्तपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. ९ मा ४२ वर्षीया महिला, सप्तरीको बलान बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, र मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै, बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरु सबै सिमरौनगढ नगरपालिकाका बासिन्दा हुन् ।

शुक्रबार मात्रै ५९ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै २१ जना निको भएका छन् ।

हालसम्म निको भएकाहरुको संख्या ७० पुगेको छ ।

No photo description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्