कृषि र स्वास्थ्य क्षेत्रमा बजेटलाई प्राथामिकताका – Kanika Khabar
Saturday, May 17Nepali News Portal

कृषि र स्वास्थ्य क्षेत्रमा बजेटलाई प्राथामिकताका

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १०, दाङ ।

सरकारले जेठ १५ गते सार्वजनिक हुने बजेट लगभग तयार गरेको छ । मन्त्रालयहरूले छुटेका र थप्नै पर्ने महत्वपूर्ण योजना, आयोजनाहरु समेट्ने काम गरिरहेका छन् ।

यसपटकको बजेट कृषि र स्वास्थ्य क्षेत्रमा प्राथामिकताका साथ आउने भएको छ । यसपटक कृषि क्षेत्रमा ४ लाख नयाँ रोजगारीको अवसर सृजना गर्ने गरी बजेट विनियोजन गर्ने तयारी भएको कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले जानकारी दिएका छन् ।

यसपटक कृषि क्षेत्रका लागि ३१ अर्बभन्दा बढी बजेट विनियोजन हुने मन्त्री भुसालको भनाइ छ । विदेशबाट फर्किने र स्वदेशमै रहेका लाखौँ नेपाली युवाहरु व्यावसायिक कृषि खेतीमा जोडिन चाहेका छन्, उनीहरुलाइ समेट्ने गरी बजेट तयार पारिने भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्