पर्वतमा मकैमा फौजी किराको प्रकोप । – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

पर्वतमा मकैमा फौजी किराको प्रकोप ।

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १०, पर्वत।

पर्वतको जलजला गाउँपालिकास्थित धाईरिङ, नाग्लीवाङ, मल्लाज , विहादी गाउँपालिकाको वहाकीठाँटी, रानीपानी, वर्राचौर लगायतका क्षेत्रमा फौजी किराले मकैबालीमा क्षति पु¥याएको छ । गोड्ने बेलाका मकैमा किराले आक्रमण गरेर क्षति पु¥याउन थालेको स्थानीय किसानले जानकारी दिएका छन् । पछिल्लो एक हप्तादेखि मकै खेतीमा किराको आक्रमण बढेको जलजला ७ धाईरिङका नवराज आचार्यले बताउनुभयो । उहाँले किराले पात हुँदै आँख्लामा आक्रमण गरेपछि बोट मर्ने समस्या देखिएको

जानकारी दिनुभएको छ । उहाँका अनुसार विगत दुई हप्ता देखि मकैमा किराको आक्रमण बढेको हो । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सल्यान गाउँमा देखिएको संक्रमण अहिले बढ्दो क्रममा रहेको बताउनुभयो । मल्लका अनुसार कृषि प्राविधिकसँग बुझ्दा मकैमा देखिएको संक्रमण फौजी किराको आक्रमण हो । कृषि ज्ञान केन्द्रले स्थलगत रुपमा अनुगमन गरेर मकैमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको ठहर गरेको जानकारी दिएको छ । ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले कृषकको खेतमै पुगेर रोगको पहिचान गरिएको बताएका छन् । रेग्मीका अनुसार जलजलामा करिव १५ रोपनी खेतको मकैमा किराको आक्रमण फैलिएको र प्रकोप बेलैमा नियन्त्रण गर्न नसके धेरै क्षेत्रमा फैलिने खतरा छ ।

बिहादी गाउँपालिकामा पनि किराले बालीमा क्षती भएको गुनासो आएकाले प्राविधिक लाई परिक्षणका लागि पठाएको रेग्मीले बताए । विहादी गाउँपालिका वडा नम्बर ४ सहित जिल्लाको २ हजार हेक्टर मकै लगाईएको क्षेत्रफलमा असर पु¥याएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्