कोरोना अपडेट : थप १७१ जनामा कोरोना पुष्टि, २५९ जना डिस्चार्ज र १ जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोना अपडेट : थप १७१ जनामा कोरोना पुष्टि, २५९ जना डिस्चार्ज र १ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
माघ २०, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा सङ्क्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ ।
देशभरि सक्रिय सङ्क्रमितको संख्या भने ३ हजार २ सय ३ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ७८ हजार ९८ परीक्षणहरु गरिएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९५ रहेको छ ।
पछिल्लो २४ घन्टामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्