मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरस संक्रमण पुष्टि, रिपोर्ट नआउदै शव परिवारलाई दिनु नेशनल मेडिकल कलेजको गम्भीर लापरबाही – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरस संक्रमण पुष्टि, रिपोर्ट नआउदै शव परिवारलाई दिनु नेशनल मेडिकल कलेजको गम्भीर लापरबाही

    मा प्रकाशित

कनिका डेस्क

जेठ १२, दाङ ।

मृत्यु भएको ८ दिनपछि वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ती पुरुषको जेठ ४ गते नै मृत्यु भएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेशनल मेडिकल कलेजमा मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको आशंकामा स्वाब संकलन भएकोमा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नारायणीको ल्याब र काठमाडौंमा दुई तिर परीक्षण गर्दा कोरोनाको रिपोर्ट आउन ८ दिन लागेको हो ।

नेशनल मेडिकल कलेजले लापरबाही गर्दै जेठ ४ गते नै परिवारलाई शव जिम्मा लगाएको स्रोतले वताएको छ । कोरोना आशंकामा स्वाब परीक्षण गरेर रिपोर्ट नै नआएको खण्डमा नेशनल मेडिकल कलेजले शव परिवारलाई दिएर गम्भीर लापरबाही गरेको देखिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले पनि शव दिँदा कमजोरी देखिएको भन्दै यसबारे छानबिन सुरु गरिएको बताए ।

उनका अनुसार संक्रमित जेठ २ गते अस्पतालमा भर्ना भएका थिए भने त्यसको दुई दिनपछि अर्थात ४ गते उनको मृत्यु भएको हो ।

मृतकमा क्षयरोग, दम लगायतको समस्या देखिएको थियो ।

अस्पतालबाट शव बुझेकै दिन आफन्तले बृद्धको अन्तिम संस्कार गरेको बुझिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्