बलात्कार आरोपमा युवक पक्राउ – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

बलात्कार आरोपमा युवक पक्राउ

    मा प्रकाशित

भुवन रायमाझी
माघ २६, पाल्पा ।
पाल्पामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका–१ ख्याहाका २१ वर्षका दिपक नेपाली रहेको प्रहरीले बताएको छ ।

शुक्रवार रातिको समयमा किशोरीको घरमै गएर बलात्कार गरेको भन्दै पीडित पक्षले हिजो जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि ती युवकलाई हिजै पक्राउ गरिएको हो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई पक्राउ गरि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लक्ष्मण पचभैयाले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्