दाेषीलाई कारबाही गर्न अपील – Kanika Khabar
Saturday, October 17Nepali News Portal

दाेषीलाई कारबाही गर्न अपील

    मा प्रकाशित

कनिका खवर

माघ २६गते ।

स्कुल अफ डेमोक्रेसी नेपाल दाङले सुदुर पश्चिमकाे बैतडीमा बलात्का पछि हत्या गर्ने जस्ताे जघन्य अपराधका अपराधी लाई तत्काल पक्राउ गरी हदै सम्मकाे कारबाहीकाे लागि सरकारसँग जाेडदार माग गरेकाे छ ।

स्कुल अफ डेमोक्रेसी नेपाल दाङका अध्यक्ष बिमला याेगीले एक बिज्ञप्ति जारी गर्दे गत माघ २२ गते बुधबारका दिन बैतडीकाे दाेगडाफेदार गाउपालिका ७ सिर्काेट स्थित सनातन धर्म माध्यमिक बिधालय मा कक्षा १२ मा अध्यनरत डाेगदा केदार गाउँपालिका कताेलाकी १७ वर्षीय  भागिरथी भट्टकाे बिहिबार स्थानीय लबलेक सामुदायिक बनमा बलात्कारपछि मृत अबस्थामा शब फेलापरेकाे थियाे । तर घटना  बलात्कार पछि हत्या जस्ताे जघन्य अपराधका अपराधीलाई सरकारले पक्राउ गरी सार्बजनिक गर्न नसक्नु दुखद भएकाे भन्दै तत्काल पक्राउ गरी अपराधी सार्बजनिक गरी हदैसम्मकाे कारबाहीकाे लागि माग गरिएकाे छ ।

दुई बर्ष अघि कन्चनपुरकी किशोरी निर्मला पन्तकाे हत्यारालाई अहिलेसम्म पनि सार्बजनिक गर्न नसक्नुले बलात्कार जस्ताे अपराधका अपराधिहरुकाे मनाेबल बढने गरेकाे र उनीहरुले एक पछि अर्काे गरी चरणबद्वरुपमा अपराध गरिरहँदासम्म पनि सरकार रमिते हुनुले सरकारकाे शान्ति सुरक्षा प्रती जनताकाे आशा र बिश्वास गुम्न नदिई हत्यारालाई अबिलम्ब सार्बजनिक गर्न माग गर्दछाै बिज्ञप्तिमा भनिएकाे छ ।

बलात्कार पछि हत्या गर्ने जस्ताे अक्षम्य अपराधिलाइ कुनै पनि हालतमा उन्मुक्ति नदिन अनुराेध गरियकाे छ । उक्त घटनाले किशोरीहरु मात्र नभई समग्र अभिभाबकहरुलाई बिधालय गयका अाफ्ना छाेरिहरु सकुशल घर अाउन पाउँछन् पाउदैनन् भन्नेमा चिन्ताकाे अबस्था सृजना गरायकाेले अबका दिनमा यस्ता घटनाहरु नदाेहरिने गरि समग्र किशोरीहरुकाे सुरक्षामा सरकारलाई गम्भिर बन्न अनुराध गर्दे दन्डहिनता अनत्यकाे लागि अग्रसर हुन अनुराेध गरियकाे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्