मन्त्री श्रेष्ठद्वारा शिक्षामा अमेरिकी सहयोगको प्रशंसा – Kanika Khabar
Sunday, October 18Nepali News Portal

मन्त्री श्रेष्ठद्वारा शिक्षामा अमेरिकी सहयोगको प्रशंसा

    मा प्रकाशित

काठमाडौँ, माघ २७।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा विद्यालय क्षेत्र सुधार कार्यक्रम र दूर तथा प्राथमिक शिक्षाका विकासमा अमेरिकी सरकारको सहयोग उल्लेखनीय रहेको बताउनुभएको छ । मन्त्री श्रेष्ठले नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीसँग साेमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा दुई देशको आपसी सम्बन्ध आगामी दिनमा अझै सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो ।

प्राकृतिक विपद् या कोरोना महामारीका समयमा अमेरिकी सरकारले उपलब्ध गराएको मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडन र उपराष्ट्रपति कमला ह्यारिसको कार्यकाल सफलताको शुभकामना दिनुभयो ।

राजदुत बेरीले अमेरिकी सरकारले बहुपक्षीय ढंगबाट सहयोग गर्ने जानकारी दिँदै नेपालप्रति अमेरिकी सरकारको नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट गर्नुभयो । नेपालको प्राथमिक र दूर शिक्षामा आफ्नो सहयोग वृद्धि हुन सक्ने विश्वास पनि राजदुत बेरीले व्यक्त गर्नुभयो । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले नेपालको शिक्षा अनुसन्धानमा अमेरिकाले गरेको लगानी महत्वपूर्ण रहेको बताउनुभयो ।रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्