राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिसको जित – Kanika Khabar
Sunday, October 18Nepali News Portal

राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिसको जित

    मा प्रकाशित

माघ ३०, काठमाडौँ ।
राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३ – ० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसको जितमा सिर्जना खड्का, निर्मला बिक र रेखा पौडेलले एक एक गोल गर्नुभयो । जितसँगै पुलिसले तेस्रो स्थानको वालिङसँग अंक बराबरी गरेको छ । चौंथो स्थानमा रहेको पुलिसले ९ खेलमा १४ अंक जोडेको छ ।

वालिङ पुलिस भन्दा गोल अन्तरले अघि रहेको छ । चन्द्रपुर ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्