दाङ जिल्ला भलिबल संघ पुनर्गठन , अध्यक्षमा लक्ष्मण बस्नेत – Kanika Khabar
Monday, September 21Nepali News Portal

दाङ जिल्ला भलिबल संघ पुनर्गठन , अध्यक्षमा लक्ष्मण बस्नेत

    मा प्रकाशित

दाङ, २१ असोज ।

दाङ जिल्ला भलिबल संघको  आज सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति पुनर्गठन गरेको छ। अधिवेशनबाट लक्ष्मण बस्नेतको अध्यक्षतामा जिल्ला भलिबल संघको  नयाँ कार्यसमिति चयन गरिएको हो।

पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा भरत कवर र भूमिसरा बाठा मगर चयन भएका छन्। त्यसैगरी महासचिवमा दुर्लभ श्रेष्ठ र कोषाध्यक्षमा ईश्वर केसी चयन भएका छन्।

सदस्यहरूमा नवराज खत्री, राजु एरी, लिलाबहादुर घर्ती, कमल दशौदी, पूरण विक र जितेन्द्रबहादुर चौधरी चयन भएका छन्।

नयाँ कार्यसमितिमा दुई सदस्य पद भने पछि थप गरिने जनाइएको छ।

अधिवेशनले जिल्लामा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतियोगितालाई थप व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिले जिल्लामा भलिबल खेलको विकास र विस्तारसँगै प्रतिभावान् खेलाडीको पहिचान तथा प्रोत्साहनमा जोड दिने अपेक्षा गरिएको छ।

अधिवेशन दाङ जिल्ला भलिबल संघका  उपाध्यक्ष  भरत कवरको अध्यक्षता तथा नेपाल भलिबल  संघका केन्द्रीय उपाध्यक्ष  भीम वलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो  ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्