पैदल यात्रीका सारथि ‘रत्न’ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

पैदल यात्रीका सारथि ‘रत्न’

    मा प्रकाशित

कनिका संवाददाता
दाङ,१० बैशाख
पूर्व पश्चिम राजमार्गमा दिनहुँ सैयौँको सङ्ख्यामा पैदल यात्रीहरु भेटिन्छन् । ठाउँठाउँमा भोक प्यासले सडक छेउमै लखतरान परेका हुन्छन् कैयन यात्री । दुधे बालक बोकेर सडकमा कैयन दिनदेखि पैदल यात्रारत उनीहरुलाई कसले पु¥याईदिने घरसम्म ? राज्यले यसको जिम्मेवारी बहन गर्न नसकेको भनेर आलोचना भैरहेको छ । तर दाङ देउखुरीका एक व्यक्ति यस्ता असहाय पैदल यात्रीहरुका लागि सारथि बनेर उभिएका छन् । लमहीका रत्नप्रसाद श्रेष्ठ लमही क्षेत्रमा अलपत्र परेका यस्ता यात्रीहरुको खोजीमा निस्कन्छन् । सबै यात्रीहरुलाई एकै ठाउँमा जम्मा पार्छन् । अनि रातविरात आफ्नो ट्रक लिएर कुदिहाल्छन् । यस्ता यात्रीहरुलाई केही खुवाउँछन् अनि ट्रक चढाएर सडकमा दुख पाएका पैदल यात्रीहरुलाई गन्तव्यसम्म पु¥याईदिन्छन् । यो उनको नितान्त व्यक्तिगत सहयोग मात्रै हो ।

‘यो दायित्व सरकारको हो, अहिले तीन तहका सरकार छन्,

सरकार सडकमा दुःख पाएका नागरिकहरुको पीडामा मलहम बन्न सकून् ,’

उनले भने ‘सरकारले मानवीय दुःखमा मलहम बन्ने सदाशयता देखाउन,

मेरो बिन्ती छ, सडकमा धेरै नागरिकको पीडा छ ।’

‘सडकमा यति कहालिलाग्दो अवस्था छ, असहायहरु सकिनसकी हिँडेका छन्,’ उनले भने ‘ती असहायहरुप्रतिको सहयोग मेरो कर्तव्य हो ।’
चैत २६ गते भालुवाङमा पैदल यात्रीहरुको ठूलो भीड जम्मा भएको खवर रत्नले पाए । उनी लगत्तै ट्रक कुदाएर त्यहाँ पुगे । ६ दिन पैदल यात्रा गरेर काठमाडौँदेखि भालुवाङसम्म आईपुगेका पैदल यात्रीहरु लखतरान अवस्थामा पुगिसकेका थिए । चाउचाउको भरमा ६ दिनको पैदल यात्रा गरेका उनीहरुप्रति रत्नले मानवीयता देखाए । ‘चाउचाउको भरमा ६ दिनदेखि काठमाडौँबाट हिँडेर भालुवाङसम्म आईपुगेका उनीहरु सबैको अवस्था निकै कमजोर भैसकेको थियो,’ उनले भने ‘कैलाली, बाँके, बर्दियासम्म पुग्ने लक्ष्य राखेर हिँडेका उनीहरुलाई ट्रकमा राखेर गन्तव्यसम्म पु¥याएँ ।’

२६ चैतमा भालुवाङमा देखिएको पैदल यात्रीहरुको सास्तीले रत्नको मन छोयो । अनि यस्ता पैदल यात्रीहरुको खोजीमा उनी लागे । ‘मैले भालुवाङमा देखेको यात्रुहरुको अवस्थाले निकै भावुक बनायो,’ उनले भने ‘अनि यस्ता पैदल यात्रीहरुलाई उनीहरुको गन्तव्यसम्म पु¥याउनु आनो धर्म ठानँे ।’ रत्नले यस्ता पैदल यात्रीहरुलाई गन्तव्यसम्म पु¥याउनका लागि दुई वटा ट्रक प्रयोग गरेका छन् । कहिँकतैबाट यात्रुहरु अलपत्र परेको खवर सुन्नासाथ उनी आफै ट्रक कुदाएर पुगिहाल्छन् । ‘सडकमा दुःख पाएकाहरु सबै गरिव , मजदुरहरु मात्रै छन्,’ उनले भने ‘यी असहायहरुका लागि बोल्ने कोही भएन, अनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्छु भनेर यो काममा लागेँ ।’ उनका अनुसार सडकमा हिँड्ने पैदल यात्रीहरु अधिकांश काठमाडौँबाट आउनेहरु धेरै छन् । काठमाडौँमा मजदुरी गर्न गएका मजदुरहरु सकिनसकी लमहीसम्म आएका भेटिन्छन् । काभ्रे,पोखरा लगायतका स्थानमा काम गर्न गएका मजदुरहरु पनि सडकमा बग्रेल्ती भेटिन्छन् । ‘१० दिन पैदल हिँडेर लमहीसम्म आएका नागरिक पनि भेटाएँ,’ उनले भने ‘उनीहरु पानी समेत पिउन नपाएर जीवन मरणको दोसाँधमा पुगेकोसम्म भेटाएँ ।’

चैत २६ गतेदेखि निरन्तर पैदल यात्रीहरुको सेवामा तल्लिन रहेका देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका रत्न लकडाउन अवधिभर सडकमा दुःख पाएका नागरिकहरुको सेवामा सक्रिय रहने बताउँछन् । तर यी असहायहरुको पीडामा सरकार समेत गम्भीर बन्नु पर्ने तर्क राख्छन् । ‘यो दायित्व सरकारको हो, अहिले तीन तहका सरकार छन्, सरकार सडकमा दुःख पाएका नागरिकहरुको पीडामा मलहम बन्न सकून् ,’ उनले भने ‘सरकारले मानवीय दुःखमा मलहम बन्ने सदाशयता देखाउन, मेरो बिन्ती छ, सडकमा धेरै नागरिकको पीडा छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्