स्थानीयले अबरोध गरेपछि टिप्पर अलपत्र – Kanika Khabar
Friday, April 26Nepali News Portal

स्थानीयले अबरोध गरेपछि टिप्पर अलपत्र

    मा प्रकाशित

दुर्लभ के. सी.
जेठ १३, दाङ ।

घोराही उपमहानगरपालिका वडा नं। १३ बडहरा चोक वरपरका स्थानीयबासीले टिप्पर आवागमनमा अवरोध पुर्‍याएपछि अहिले ३३ वटा टिप्पर अलपत्र परेका छन् । स्थानीयको अवरोधका कारण दुवीडाँडा, रोल्पादेखि सोनापुर मिनरल्स एण्ड आयल प्रा । लि। दुधरास, दाङमा चुनढुंगा ढुवानी गर्ने टिप्परहरू अलपत्र परेका हुन् ।

गत जेठ १ गते उक्त स्थानमा अवरोध हुँदा सिमेन्ट उद्योगका प्रतिनिधि, प्रहरी तथा स्थानीय बीच केही छलफल भई उक्त दिन मात्र बाटो खुलेको थियो। भोलिपल्ट पनि टिप्पर आवागमनमा समस्या देखिएको थियो । कुनै टिप्पर बाहुनडाँडा त कुनै टिप्पर घोराही बजार भएर प्रहरीले स्कटिङ गरी पठाउने गरेको थियो ।

दुई चार दिन राति राति घोराही बजारको बाटो भई केही टिप्परले चुनढुंगा ढुवानी गरेको समेत व्यवसायीले बताएका छन्।

जेठ ५ गतेका दिन दिउँसो घोराही होलेरी सडक खण्डमा पर्ने सेवार खोला पुल नजिक स्थानीयवासीको अवरोधको कारण चुनढुंगा ढुवानीमा अप्ठेरो भएको कुरा ढुवानी व्यवसायीले बताएका छन्। उक्त दिन पनि प्रहरीले भोलिका दिनमा जिल्ला प्रशासन कार्यालयमा छलफल गरी ढुवानी गर्ने गरी बाटो खुलाएको थियो। भोलिपल्ट स्थानीय उपस्थित नभएपछि लकडाउन अवधिभर घोराही बजारको बाटो भएर चुनढुंगा ढुवानी गर्न प्रमुख जिल्ला अधिकारीले अनुमति दिएको कारण आफूहरुले जेठ ७ गतेका दिन सहिद मार्ग हुँदै घोराही बजारको बाटो भएर चुनढुंगा ढुवानी गर्दा घोराहीको लखन पार्क नेर फेरि टिप्पर आवागमनमा जनप्रतिनिधीहरु समेतको उपस्थितिमा अवरोध भएको ढुवानी व्यवसायीले जनाएका छन्।

यसरी दिन दिनै जताततै अवरोध भएको कारण स्वर्गद्वारी टिप्पर यातायात प्रा। लि। ले बाटो खुलाई सहजीकरण गरी दिन भनी जिल्ला प्रशासन कार्यालयमा २०७७र०२र०८ गतेका दिन निवेदन पेस गरेको प्रा। लि।का अध्यक्ष भरतनाथ योगीले जानकारी दिए। ८ गते पेस गरेको निवेदन उपर जेठ ११ गतेका दिन जिल्ला प्रहरी कार्यालयमा निस्कर्षविहीन छलफल भएको समेत अध्यक्ष योगीले जनाएका छन्।

आज जिल्ला प्रशासन कार्यालयका साथै घोराही उपमहानगरपालिकाको कार्यालयमा भएको छलफल पश्चात टिप्परहरू चुनढुंगा ढुवानी गर्न पठाएको अध्यक्ष योगीले बताए ।

अहिले चुनढुंगा ढुवानी गर्न गएका ३३ वटा टिप्पर फर्किदा घोराही उपमहानगरपालिका वडा नं। १३, सेवारमा रहेको श्री वराहक्षेत्र व्यापार सेवा प्रा। ली। पेट्रोल पम्पको उत्तर दिशा तर्फ अलपत्र परेका छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्