जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले साँघुरो जित – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले साँघुरो जित

    मा प्रकाशित

कनिका डेस्क
जेठ १४, दाङ ।

जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले साँघुरो जित निकालेको छ । कोरोना भाईरसको महामारीबीच जारी लिग अन्तर्गत गए राति बायर्नले बोरुसिया डर्टमण्डलाई १ ० गोल अन्तरले पराजित गरेको हो । उपाधिको अर्को दाबेदार क्लब डर्टमण्डको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जोसुवा किमिचले निर्णायक गोल गर्नुभएको थियो । खेलको ४३ औं मिनेटमा किमिचले गरेको गोल बायर्नको जितमा निर्णायक बनेको थियो ।

बार्यनले लगातार आठौं पटक बुन्डेसलिगाको उपाधिको सम्भावना बलियो पारेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्