मन्त्री भट्टराईको निर्देशन : लुम्बीनि गुरुयोजना अन्तर्गतका योजना समयमा सम्पन्न गर – Kanika Khabar
Friday, March 28Nepali News Portal

मन्त्री भट्टराईको निर्देशन : लुम्बीनि गुरुयोजना अन्तर्गतका योजना समयमा सम्पन्न गर

    मा प्रकाशित

कनिका डेस्क
जेठ १४, दाङ ।
संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भट्टराईले लुम्बीनि गुरुयोजना अन्र्तगतका योजनाहरु सुचारु गर्दै तोकिएकै समयमा सम्पन्न निर्देशन दिनुभएको छ । लुम्बीनि विकास कोषका पदाधिकारीहरुसँग आज दृश्य संवाद गर्दै मन्त्री भट्टराईले लकडाउनको समय भएपनि सामाजिक दुरी लगायतका स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दैै स्थानीय तहहरुसमेतको समन्वयमा निर्माण तथा अन्य काम सुचारु गरि रहन निर्देशन दिनुभएको हो ।

मन्त्री भट्टराईले पाँच निर्माण सम्पन्नको चरणमा रहेको पाँच हजार अट्ने ध्यान केन्द्र सभाहल निर्माणको काम चाँडो सक्न समेत निर्देशन दिनुभएको छ । त्यस्तै, मन्त्री भट्टराईले कोषका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय बुद्धिस्ट संगठनहरुसँग पनि दृश्य संवादमार्फत् बैठक गरी कोराना महामारी विरुद्ध आफ्नो तर्फबाट पनि ऐक्यबद्धता जनाउन सुझाव दिनुभएको हो ।

लकडाउनको समयमा पनि राष्ट्रिय गौरवको आयोजना अन्र्तगको लुम्बिनी विकास कोषमा भइरहेका गतिविधीबारे कोषका पदाधिकारीहरुले मन्त्री भट्टराइलाई जानकारी गराएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्