`आई एम स्टार मेगा डान्स ´कम्पिटिसनकाे तेस्राे चरण सल्यानमा – Kanika Khabar
Saturday, May 18Nepali News Portal

`आई एम स्टार मेगा डान्स ´कम्पिटिसनकाे तेस्राे चरण सल्यानमा

    मा प्रकाशित

जीवन ओली

फागुन २७, दाङ ।

स्थानीय क्षेत्रमा लुकेर बसेका प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ दाङ जिल्ला लगायत विभिन्न जिल्लाहरुमा आईएम स्टार मेगा डान्स कम्पिटिसनको दोस्रो चरन समाप्त भएकाे छ । कम्पिटिसनकाे तेस्रो चरण सल्यानमा हुने भएकाे छ ।

विभिन्न जिल्लाका प्रतिस्पर्धीहरूलाई अडिसन लगायत तेस्रो राउन्डसम्म आफ्नै जिल्लामा गराई फाइनल राउन्डमा दाङ जिल्ला घोराहीमा सम्पन्न हुने आयाेजकले बताएको छ ।

लुकेका प्रतिभालाई मञ्च दिने र प्रतिभालाई उजागर गर्ने उद्देश्य रहेकाे  सञ्चालक रेकी बहादुर बुढाथोकीले बताए । यस कार्यक्रमलाईभव्य र सभ्य बनाउनु हुने सम्पुर्ण भाइबहिनीहरू र अभिभावकहरु साथै व्यापारी बुद्धिजीवी पत्रकार समाजसेवीहरुप्रति आभार प्रकट गरिएकाे छ । तेस्रो राउन्ड सल्यानमा यही २९ गते हुनेे भएकाे छ । तेस्रो राउन्डका लागि  सम्पूर्ण अभिभावक लगायतआफन्तहरुलाई भाइ बहिनीहरूको  आउन अनुरोध गरिएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्