२८ जना कोरोनाका संक्रमित एकै दिन कपिलवस्तुमा थपिए – Kanika Khabar
Friday, March 29Nepali News Portal

२८ जना कोरोनाका संक्रमित एकै दिन कपिलवस्तुमा थपिए

    मा प्रकाशित

कनिका डेस्क
जेठ १६, दाङ ।

बिहीबार एकै दिन कपिलवस्तुमा २८ जना कोरोनाका संक्रमित थपिएका छन् । जसमध्य अर्घाखाचिका एक बासिन्दाको मृत्यु भइसकेपछि संक्रमण पुष्टि भएको हो ।

त्यसै गरी विजयनगर गाउँपालिकामा एकै दिन ९ जनामा संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले पुष्टि गरेको छ । रामनरेश माविको क्वारेन्टाइनमा बसेका उनीहरू वार्ड नं. ३, ५ र ७ का हुन् । यससँगै संक्रमितको संख्या विजयनगरमा १३ पुगेको छ ।

त्यस्तै १७ जना कपिलवस्तु नगरपालिकामा थपिएका छन् । यिनमा वडा नं ७ का एक, ८ का १२, वडा नं. १० का एक र वडा नं. ११ का तीन जना छन् । महाराजगन्ज नगरपालिका–७ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीको भूमिकास्थान गाउँपालिका–९ का ३५ वर्षीय व्यक्तिको भारतबाट आउदै गर्दा पिलवस्तुमा मृत्यु भएको थियो । उनको उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा कोरोना पुष्टि भएको हो ।

यससँगै जिल्लामा संक्रमितको संख्या १ सय ३६ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्