अटाे भिल्लामा फाेरडी ह्वील इलामेन्ट – Kanika Khabar
Saturday, May 2Nepali News Portal

अटाे भिल्लामा फाेरडी ह्वील इलामेन्ट

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १६, दाङ ।

घाेराही १४ अटाे भिलेजमा रहेकाे अटाे भिल्ला बिजनेश ग्रुपले फाेर डी ह्वील ईलामेन्ट सञ्चालनमा डिजिटल प्रविधि सञ्चालनमा ल्याएकाे छ । जसकाे बुधवार उद्घाटन गरिएकाे छ । दाङ जिल्ला उद्याेग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथाेकीले उद्घाटन गरेका हुन्।

प्रविधिकाे उद्घाटन गर्दै बुढाथाेकीले यस्ता प्रविधीले अटाे व्यवसायमा थप सहजता हुने बताए। “यस्ताे प्रविधिले अटाे व्यवसायमा नयाँ अायाम दिनेछ” बुढाथाेकीले भने- “जसबाट सवारी साधनकाे अवश्था मापन गर्न र मर्मतमा सहजता हुन्छ ।” गाडीकाे बडी र टायरकाे ब्यालेन्स जाँचका लागि प्रयाेग हुने प्रविधि फाेरडी रहेकाे अटाे भिल्ला बिजनेश ग्रुपका प्रबन्ध निर्देशक सुशील पाेख्रेलले जानकारी दिए । “गाडीकाे ब्यालेन्स जाँचकालागी प्रयाेग हुने फाेर डी ह्वील ईलामेन्ट हाे” पाेख्रेलले भने- “यसले विशेष गरी गाडीकाे टायरकाे ब्यालेन्स मिलाउन मद्दत गर्छ ।”

यस प्रविधीबाट गाडी बनाएपछि एक महिनासम्म कुनै समस्या अाएमा निशुल्क मर्मत गरिने पनि उनले जानकारी दिए । करिब ४० लाखकाे लगानीमा याे प्रविधी जडान गरिएकाे उनले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्