निकाे हुँदै काेराेना सङ्क्रमित, थप आठ जनाले जिते काेराेना – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

निकाे हुँदै काेराेना सङ्क्रमित, थप आठ जनाले जिते काेराेना

    मा प्रकाशित

कनिका संवाददाता

जेठ१६, दाङ

काेराेना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत काेराेना सङ्क्रमितका बिरामीहरू निकाे हुने क्रम जारी भएकाे छ । आज शुक्रबार कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका आठ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएका छन् । बाँके नरैनापुरका ३ जना, कपिलवस्तु कृष्णनगरका २ जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नं ११का १ जना, गान्धीनगर कपिलवस्तुका १ जना र दाङ गढवा गाउँपालिका वडा नं ४ का १ जना गरी आठ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएका हुन् ।

निको भएर घर फर्किनेहरु १८ वर्षदेखि ४३ वर्ष उमेर समूहका रहेको कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए । शुक्रवार अस्पतालले उनीहरुलाई फूलका गुच्छा दिएर विदा गरेको हो । अहिले कोरोना विशेष अस्पतालमा ३७ जना संक्रमितको उचार भैरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्