पाकिस्तानमा दुर्घटना भएको बिमानमा तीन करोड भेटियो – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

पाकिस्तानमा दुर्घटना भएको बिमानमा तीन करोड भेटियो

    मा प्रकाशित

समाचार एजेन्सी
जेठ १६, दाङ ।
पाकिस्तानमा गत २२ मेमा दुर्घटनाग्रस्त भएको विमानको भग्नावशेषमा अलग–अलग देशको लगभग तीन करोड रुपैयाँ भेटिएको छ । अनुसन्धान अधिकारी अब यति ठूलो रकम विमानस्थलको सुरक्षा जाँच र लगेज स्क्यानरमा किन भेटिँदैन भनेर अनुसन्धानमा लागेका छन् ।

उक्त रकम दुईवटा ब्यागमा भेटिएको छ । अनुसन्धानमा जुटेका अधिकारीका अनुसार दुर्घटनामा मारिएका व्यक्ति र उनीहरुको लगेज पहिचानको काम चलिरहेको छ । २२ मे मा लाहौरबाट कराँची जाँदै गरेको विमान अवतरण हुनु केही मिनेट अघि मात्रै दुर्घटना भएको थियो ।

विमानका चालक दलका सदस्यसमेत ९९ व्यक्ति सवार थिए, जसमध्ये जम्मा दुई जनाको ज्यानमात्र बाँच्न सफल भएको थियो । मारिएका ९७ व्यक्तिमध्ये नौ बालबालिका थिए । दुर्घटना कराँची अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै आवसीय इलाकामा भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्