कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय १ पुग्यो, २ सय १९ जना निको भए – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय १ पुग्यो, २ सय १९ जना निको भए

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १७, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार आज १ सय ८९ जना मानिसमा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । यससँगै देशमा सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार देशभरका ५३ जिल्लामा कोरोना फैलिएको छ । कपिलवस्तु १ सय ९, सर्लाहीमा १७, दैलेखमा १४ जना, सिरहामा ११, सप्तरीमा ९, धनुषामा ७ र रौतहटमा ६ जनालाइ कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै दाङमा ५, महोत्तरीमा ४, पर्सामा २, संखुवासमा २, झापामा १, ललितपुरमा १ तथा बारामा १ जनमा सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ । मन्त्रालयका अनुसार आज सम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७ हजार ५५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ सय २९ परीक्षणहरु गरिएका छन् । सङ्क्रमितको पहिचानका लागि पिसिआर परीक्षणलाई बढवा दिएको डा. देबकोटाले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्