विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

    मा प्रकाशित

कनिका डेस्क
जेठ १७, दाङ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । उनका अनुसार कोरोना संक्रमण बढी भएको स्थानमा पनि सेना परिचालन गर्ने निर्णय गरेको छ ।

भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई ल्याउने निर्णय सरकारले गरिसकेको छ । यस अघिनै भारतबाट आउनेका लागि २० वटा नाका सरकारले तोकेको छ । शनिबारै बसेको सुरक्षाा परिषद्को बैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापनमा र संक्रमण बढी फैलिएको स्थानमा सेना परिचालन गर्न सिफारिस गरेको थियो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्