प्रवासी नेपाली संघ भारतकाे खाद्यान्न सहयाेग – Kanika Khabar
Friday, September 11Nepali News Portal

प्रवासी नेपाली संघ भारतकाे खाद्यान्न सहयाेग

    मा प्रकाशित

त्रिलाेचन देवकाेटा

जेठ १८, तमिलनाडु ।

प्रवासी नेपाली संघ भारत ले तमिलनाडु पुदुचेरी राज्यमा भोकभोकै बसेका प्रवासी नेपालीहरुलाई खाद्यान्न सहयाेग गरेकाे छ । प्रवासी नेपाली संघ भारत तमिलनाडु पुदुचेरी ( पाण्डेचेरी ) संयुक्त राज्य समितिद्वारा कोभिड १९ ले गर्दा गासबास ,रोजगारी,नोकरी गुमाएका ४० घरपरिवारका २२८ जनालाई खाद्यान्न लगायतका खाद्य सामग्री सहयोग गरेकाे हाे ।

यतिबेला प्रवासमा रहेका नेपालीले राेजगारसमेत गुमाएका छन् । रोजगार गुमाउनेमा धेरै जसो होटेल, ढावा, चाइनिज ठेला,घरखाता, चौकिदारी, ससाना मझौला उद्योग ठेक्कापट्टा, मजदुरी गर्ने लगायतका अलपत्र परेका प्रवासी नेपाली मजदुरहरु रहेका छन् । प्रवासी नेपाली संघ भारत तमिलनाडू पुदुचेरी राज्य समितिले नेपाल सरकार र भारतस्थित नेपाली राजदुतावासलाई पनि समस्याबारे जानकारी गराएकाे छ ।

केन्द्रीय समितिका सल्लाहकार टीका पौडेल,महेन्द्र शर्मा,इन्द्र पौडेल ,श्रीमती लिला देवी पौडेलको उपस्थितिमा विपद् व्यवस्थापन समिति गठन गरिएको थियो। अलपत्र प्रवासी नेपालीहरुलाई सहयोग गर्न यसै राज्य समितिका अध्यक्ष कृष्ण पोख्रेलको संयोजकत्वमा विपद् व्यवस्थापन कोष गठन गरिएको छ । दुर्गादत्त पौडेल ,तेजेन्द्र प्रसाद शर्मा,श्रीमती सिमा न्युरे कृष्ण जि .सी,हिरामणी शर्मा,राम प्रसाद शर्मा,दिपक पौडेल ,शिव लामिछाने ,राम्रचन्द्र पौडेल ,शितल परियार लगायत राज्य समिति सल्लाहकार ,राज्य मातहतका नगर समितिहरु ,प्रारम्भिक समितिहरु तथा नेताकार्यकर्ताहरु र शुभचिन्तक सदस्य लगाएत वाट रु.८० असी हजार रकम सहयोग प्राप्त भएको थियो।

साथै समितिले प्रवासी मजदुरका मालिकहरु सङ्ग सम्पर्क गरि वेतन उपलब्ध गराउने काम  गरेको  केन्द्रिय सदस्य तथा राज्य सचिव दुर्गादत्त पौडेलले जानकारी गराए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्