थप १६६ जनामा काेराेना पुष्टि, नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ – Kanika Khabar
Sunday, May 31Nepali News Portal

थप १६६ जनामा काेराेना पुष्टि, नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १८, दाङ ।

पछिल्लो अद्यावधिक अनुसार नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा १६२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको जानारी दिए। याेसँगे नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ। नेपालमा हालसम्म संक्रमितमध्ये २२० जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ७ जनाको मृत्यु भएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्