शिशिरले गराए दाङका सिडियाेकाे ध्यानाकर्षण – Kanika Khabar
Sunday, April 28Nepali News Portal

शिशिरले गराए दाङका सिडियाेकाे ध्यानाकर्षण

    मा प्रकाशित

श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू
जिल्ला प्रशासन कार्यालाय
दाङ ।

बिषय:-दाङ जिल्लाका एम्बुलेन्सको मनोमानी सम्बन्धमा।

महोदय,
उपरोक्त सम्बन्धमा म यस घोराही उपमहानगरको वडा नं १५ को बासिन्दा हुँ। मैले मेरो घर र छिमेक वरपर मात्रै नभएर प्रबिधिको प्रयोगले आफन्त चिनजान मात्रै नभएर सामाजिक कार्यमा पनि  संलग्न ब्यक्तिको नाताले सक्दो सहयोग गर्ने कोसिस गरिरहेको छु। म लगायत साथीहरूले आफन्तहरू र आम सर्बसाधारणलाई बाहिर जिल्ला पठाउनु पर्ने बाध्यता भएको कुरा यहालाई अवगत नै छ।
अक्सिजनको चरम अभाव आई सि यु भेन्टिलेटर सुचारू नहुनु हामीलाई बिरामी बाहिर पठाउनु बाध्यात्मक परिस्थिति हाेे ।
दाङ जिल्लाका एम्बुलेन्स हेर्ने र भाडादर तोक्ने र यिनीहरूको मनोमानीलाई लगाम लागाउने कसले हो?
हामीले काठमाडौको ६० हजार र नारायणघाट (चितवन) को ४० हजार तिरेर बिरामी पठायौं। घोराहीदेखि बेलझुन्डीलाई रू ५ हजार मागिरहेका छन्। हिजो हजुरले बिल प्रमाण भएमा कारबाही गर्नेछु भनेर निकालेको बक्तब्य सामाजिक सन्जालमा हेरेको थिए। माफ गर्नुहोला अधिकारीज्यू बिरामी छटपटाएको बेला बिलसँँग बार्गेनिङ  गर्न सकिदोरहेनछ।
सामाजिक सन्जाल यहाँँले पनि हेर्नुभएको होला अनेकौ गुनासाहरू छरपस्टै छन्। यसैलाई पनि अनुसन्धानको विषय बनाउन सकिन्छ।
धेरै कुराहरू लेख्ने मन हुँदाहुँदै पनि अरू बिबिध कुरा तपसिल राख्दै जिल्लाको अभिभाबकको नाताले हामीहरूको मर्कालाई सम्बोधन गिरदिनुहुनेछ भन्ने पूर्ण विश्वास राख्दछु।   धन्यवाद।

शिशिर अधिकारी
घोराही १५ दाङ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्