कर्णालीमा फेरि थपिए ३२ जनामा कोरोना संक्रमित, कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

कर्णालीमा फेरि थपिए ३२ जनामा कोरोना संक्रमित, कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो

    मा प्रकाशित

कनिका डेस्क
जेठ १९, दाङ ।

कर्णाली प्रदेशमा फेरि थप कोरोना नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित ३२ जनामध्ये दैलेखका १७ जना, सल्यानका १० जना र सुर्खेतका पाँच जनामा रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिए ।

दैलेख नारायण नगरपालिका वडा नं. १, ३, ४, ५, ८ र १० का १६ जना, महावु गाउँपालिका(३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं. १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं. १ र १० का पाँचजना पुरुष रहेका छन् ।

थप पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ९८ पुगेको छ ।

कर्णाली प्रदेशका थप ४३ सहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुग्यो

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्