रेडियो हापुरेका संस्थापक स्टेशन म्यानेजर तथा सेयर सदस्य  बस्नेतको निधनमा मनोरञ्जनका कार्यक्रम एक दिन बन्द – Kanika Khabar
Friday, April 19Nepali News Portal

रेडियो हापुरेका संस्थापक स्टेशन म्यानेजर तथा सेयर सदस्य  बस्नेतको निधनमा मनोरञ्जनका कार्यक्रम एक दिन बन्द

    मा प्रकाशित

हापुरे, ३ जेठ।
रेडियो हापुरेका संस्थापक स्टेशन म्यानेजर तथा सेयर सदस्य दाङ बबई गाउँपालिका वडा नं. ४ निवासी पत्रकार लक्ष्मण बस्नेतको मृत्यु भएको छ । पत्रकार महासंघ दाङका साधारण सदस्य समेत रहेका ३३ वर्षिय बस्नेतको उपचारको क्रममा आज दिउसो १ बजेतिर मृत्यु भएको हो । यस दुःखद खवरले रेडियो हापुरे परिवार स्तव्ध भएको छ ।

उहाको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजको आइसियु कक्षमा उपचार भइरहेको थियो । उहाको कोरोना रिपोर्ट भने नेगेटिभ थियो । कोरोना संक्रमित रहेका उहाको ६ दिन अघि मात्रै रिपोर्ट नेगेटिभ आएको थियो । तर, स्वास्थ्यमा सुधार नआएपछि उहालाई अस्पतालमै राखेर उपचार जारी राखिएको थियो । उहामा निमोनिया र स्वासप्रस्वासमा भने समस्या थियो ।

आईतबार मात्रै उहाका वुवा टोपबहादुर बस्नेतको भैरहवामै उपचारको क्रममा निधन भएको थियो । टोपबहादुर कोरोनाकै कारण मृत्यु भएको हो । उहाँ नेकपा एमालेका पश्चिम दाङक नेता समेत हुनुहुन्थो । बाबुको मलामी नर्फकिदै छोराको निधनले बबईमा शोकमग्न भएको छ । संस्थापक म्यानेजर बस्नेतको निधनमा रेडियो हापुरेबाट प्रशारण हुने समाचार बाहेक सुचना तथा मनोरञ्जनका संपुर्ण कार्यक्रम आज एक दिनलाई बन्द गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्