द्वन्द्वकालका बम खाेजेर निष्क्रिय पाराैँ : देवकाेटा – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

द्वन्द्वकालका बम खाेजेर निष्क्रिय पाराैँ : देवकाेटा

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २०, काठमाडौं ।

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सशस्त्र द्वन्दकालमा राखिएका बमहरु खोजेर निष्क्रिय गर्न सरकारसँग आग्रह गरेकी छन् । देवकोटाले भनिन् ´लुकाएर राखेका हातहतियार अहिले पनि पड्किने र जनताहरु त्रसित हुने क्रम रोकिएको छैन । अहिले माओवादी सरकारमा छ ।

सशस्त्र द्वन्दको नेतृत्वकर्ता अहिले गृह मन्त्री हुनुहुन्छ । तसर्थ ज्ञानका आधारमा, जानकारीका आधारमा कुन–कुन ठाउँमा बमहरु लुकाइएको छ, खोजी गरी डिस्पोजल गर्न आगह गर्दछु ।’´ रोल्पामा गएकाे वैशाख १८ गते बम विस्फोटबाट चार जना बालबालिको निधन भएको स्मरण गराउँदै उनले बमहरु खाेजेर निष्क्रिय गर्न आग्रह गरेकी हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्