मा प्रकाशित
बैशाख १०, दाङ ।
पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेकाे कारण नै उनलाई पक्राउ गरिएकाे हाे । सामाजिक सञ्जालमा पू्र्व सचिव उपाध्यायले सरकारकाे अालाेचना गर्दै स्टाटस लेखेका कारण पक्राउ परेकाे स्राेतले जनाएकाे छ । उपाध्यायलाई साइबर अपराधको कसुरमा बिहीबार जिल्ला अदालत काठमाडौंमा पेस गरिने भएकाे छ ।