अहिले विद्यालय खाेल्ने हाेइन पुस्तक उपलब्ध गराउने हाे : शिक्षा मन्त्री (भिडियो सहित) – Kanika Khabar
Friday, April 18Nepali News Portal

अहिले विद्यालय खाेल्ने हाेइन पुस्तक उपलब्ध गराउने हाे : शिक्षा मन्त्री (भिडियो सहित)

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २०, काठमाडौं ।

शिक्षा मन्त्री गिरिराजमणि पाेख्रेलले अहिले विद्यालय खाेल्ने भनेकाे हाेइन असार १ गतेदेखि ७ सय ५३ वटै स्थानीय निकायलाई विद्यार्थीका लागि पुस्तक व्यवस्थापन गर्न तयारी हुन आग्रह गरेकाे बताएका छन् ।

मन्त्री पाेख्रेलले सरकार र काेराेना नियन्त्रण उच्चस्तरीय समितिकाे सिफारिसमा स्कुल, कलेज सबैभन्दा पछि खुल्नेमा परेकाे बताए । एफ एम रेडियाे, टेलिभिजन, तथा अनलाइनका माध्यमबाट सिकाइलाई निरन्तरता दिन व्यवस्था अबकाे याेजनामा रहेकाे मन्त्री पाेख्रेलले बताए ।

उनले भने, “ १ देखि ९ कक्षासम्मकाे रिजल्ट भइसकेकाेले अब ती तहका विद्यार्थीलाई पुस्तक उपलब्ध गराउने र निर्देशिका अनुसार सिकाइलाई निरन्तरता दिने हाे । ´´

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्