१० दिनपछि रुकुम सोती घटनामा बेपत्ता भएकाको शव भेटियो – Kanika Khabar
Friday, April 26Nepali News Portal

१० दिनपछि रुकुम सोती घटनामा बेपत्ता भएकाको शव भेटियो

    मा प्रकाशित

कनिका डेस्क

जेठ २०, चौरझारी ।

शनिबार भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव चौरजहारी नगरपालिका ८ सोतीगाउँमा फेला परेको छ । मंगलबार भेरी नगरपालिका–१२, खोताखोलास्थित भेरी नदीमा उनको शव फेला परेको हो ।

घटनास्थलभन्दा करिब २० किलोमिटर टाढा बेपत्ताको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल लगिएको र पोस्टमार्टम रिपोर्टपछि उनको मृत्युको कारण खुल्ने उनको भनाइ छ ।

स्थानीयले भने उनको हत्या भएको दाबी गरेका छन् । मुख र टाउकोमा कपडाले बाँधेको, आँखा फुटेको तथा हात र नाक भाँचिएको अवस्थामा शव फेला परेको स्थानीय छवि पन्तले बताए ।

साथी नवराज विककी प्रेमिका भगाउन जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी पुगेका उनीसहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए । घटनामा यसअघि ५ जनाको मृत्यु भइसकेको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्