केएमसी अस्पतालको सबै सेवा बन्द – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

केएमसी अस्पतालको सबै सेवा बन्द

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २१ काठमाडौँ ।
पछिल्लो अवस्थामा बिरामी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि केएमसी अस्पतालको सबै सेवा बन्द गरिएको छ । बिरामी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा आकस्मिकसहित सबै सेवा बन्द गरिएको हो ।

अस्पतालले जारी गरेको सूचनामा बिरामी २ जना र स्वास्थ्यकर्मी २ जनामा कोरोना संक्रमण भएपछि निर्मूलीकरणका लागि अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द गरेको जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्