नेकपा एमालेमा अर्को पराकम्पन : माधव —खनाल पक्षको बैठकलाई अबैधको संज्ञा – Kanika Khabar
Saturday, May 18Nepali News Portal

नेकपा एमालेमा अर्को पराकम्पन : माधव —खनाल पक्षको बैठकलाई अबैधको संज्ञा

    मा प्रकाशित

जेठ २०, दाङ ।
आन्तरिक परामर्शमा घनिभूतमा लागेर एकताका मान्यतालाई अगाडि बढाइरहेको एमालेमा अर्को पराकम्पन गएको छ । नेपाल –खनाल पक्षले डाकेको केन्द्रीय कमिटीको बैठकलाई ओली पक्षले अबैधको संज्ञा दिएको छ । आज बिहीबार नेकपा एमाले ओली पक्षले अवैध बैठकमा सहभागी नहुँन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेको छ ।

पार्टीबाट निष्कान गरिएका माधव कुमार नेपाल पक्षधरले केन्द्रीय कमिटी बैठक डाकेपछि एक वक्तव्य जारी गर्दै कार्यालय सचिव शेरबहादुर तामाङले अवैध बैठकमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएका छन् ।

पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको भन्दै उनले निन्दा र भर्त्सना गरेको जनाएका छन् ।
ओली पक्षबाट आएको पत्रले एकताका लागि झनै दूरी बढाएको छ । हिजो डाकिएको स्थायी कमिटीको बैठकममा एकताको अभ्यास जारी रहेको भन्दै आजका लागि बैठक सारिएको थियो । आजको बैठकमा नेपाल —खनाल पक्षका नेताहरु पनि सहभागी हुने चर्चा चलिरहेको बेला सार्वजनिक भएको पत्रले नेपाल खनाल समूहलाई झनै चिढ्याउने काम गरेको नेपाल—खनाल समूहका एक नेताले बताए । ‘एकताका लागि पूयास थालिएको बेला कथित अबैध बैठकको संज्ञा दिनु दूरी बढाउने हो ।’ उनले भने ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्