`हाम्राे आन्दाेलन गल्दैन असार ७ चल्दैन ´ सरकार अभिभावक बन्न सकेन हाउँगुजी बन्याे: अध्यक्ष भुषाल (भिडियो सहित) – Kanika Khabar
Thursday, March 28Nepali News Portal

`हाम्राे आन्दाेलन गल्दैन असार ७ चल्दैन ´ सरकार अभिभावक बन्न सकेन हाउँगुजी बन्याे: अध्यक्ष भुषाल (भिडियो सहित)

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २१, दाङ ।

आन्तरिक राजश्व विभागले राजश्व बुझाउने म्याद जेठ २५ लाई बिस्तार गरी असार ७ गते सम्मकाे म्याद थप गरे पनि दाङ जिल्ला उद्याेग वाणिज्य संघले आपत्ति जनाएकाे छ ।

बुधबार राजश्व दाखिला गर्ने म्याद थपिएकाे लगत्तै दाङ जिल्ला उद्योग वाणिज्य संघकाे नेतृत्वमा घाेराहीमा बिराेध र्याली निकालिएको थियाे । `हाम्राे आन्दोलन गल्दैन, असार सात चल्दैन´ लगायतका प्ले कार्ड बाेकेर व्यवसायीहरू सडकमा उत्रिएका हुन् ।

संघका अध्यक्ष नारायण भुषालले कनिका खबरसँगकाे संवादमा भने , “ हामी अहिले लकडाउनबाट प्रताडित भएका छाैँ, यस्ताे अबस्थामा कर बुझाउन मुस्किल पर्छ । कर नतिर्ने भन्ने हाेइन, हामी कर तिर्छाैँ तर समय अनुकुल हुनुपर्छ।

जेठ २५, असार ७ भन्ने हाेइन लकडाउन खुलेकाे १५ दिनपछि राजश्व दाखिलाकाे सुचना आओस्, त्याे नै सबै व्यवसायीकाे हितमा रहनेछ । सरकारले पछिल्लो निर्णय नसच्चाए आफूहरूले बिराेध जनाइरहने पनि अध्यक्ष भुषालले बताए । उनले थपे, “ याे हाम्राे साङ्केतिक विराेध हाे, हामी अब निरन्तर विराेध गरिरहन्छाैँ । सरकार अभिभावक बन्न सकेन हाउँगुजी बन्याे । ´´

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्