प्रधानमन्त्री ओलीले थपे जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री – Kanika Khabar
Saturday, July 12Nepali News Portal

प्रधानमन्त्री ओलीले थपे जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री

    मा प्रकाशित

जेठ २१, दाङ ।
जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्री सरकारमा सामेल भएका छन् । सरकारमा सामेल मन्त्रीहरुले आज ६ वजे सपथग्रहण लिने भएका छन् । जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार पार्टीले सरकारमा सहभागी हुने १० जनाको नाम बुझाइसकेको छ । उनले भने, ुआज ६ बजे सपथग्रहण हुने कुरा भएको छ ।ु

मन्त्री बन्नेमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी रहेका छन् । उनीहरुले कुन(कुन मन्त्रालय पाए भन्ने जानकारी शपथग्रहणको समयमा गराउने कर्णले बताए ।

स्रोतका अनुसार राजेन्द्र महतो, उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारी, ऊर्जा तथा जलस्रोत, अनिल झा, खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण, भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव, श्रम तथा रोजगार, उमाशंकर अरगरिया, वन तथा वातावरण चन्दा चौधरी, महिला तथा बालबालिका, एकवाल मियाँ, युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा सपथ लिँदैछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्