रुकुम घटनाको ११ दिनपछि नेकपाले भन्यो : दोषीलाई कारवाही गर, पीडित परिवारलाई राहत देऊ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

रुकुम घटनाको ११ दिनपछि नेकपाले भन्यो : दोषीलाई कारवाही गर, पीडित परिवारलाई राहत देऊ

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २१, काठमाडौं ।

६ जना युवाको ज्यान जाने गरी भएको रुकुम घटनाबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो धारणा ११ दिनपछि सार्वजनिक गरेको छ ।

यद्यपि घटनाको विरोधमा पार्टीकै कार्यकर्ता, भातृ संगठनहरु, नेता र सांसदहरुले निन्दा गर्ने तथा सडक प्रदर्शन गरिरहे पनि नेकपाले संस्थागत रुपमा बोलेको थिएन ।

बुधबार नेकपा महासचिव बिष्णु पौडेलले विज्ञप्ति जारी गरी रुकुम घटनाको निन्दा गर्दै घटनाको निष्पक्ष छानविन, दोषीमाथि कडा कारवाही र पीडितलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

रुकुमको चौरजहारी नगरपालिकामा भएको सो हत्याकाण्डमा नेकपाबाटै निर्वाचित वडाध्यक्षसहित केही व्यक्ति विरुद्ध किटानी जाहेरी परेको छ ।

महासचिव पौडेलले जारी गरेको विज्ञप्तिमा रुकुम पश्चिममा भएको घटनाले पार्टीलाई गम्भीर र चिन्तित तुल्याएको उल्लेख छ । ‘उक्त बिभत्स, त्रासदीपूर्ण र आपराधिक कुकृत्यको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्